नियम १२
इजलास अधिकृत वा इजलास सहायकको काम र कर्तव्य
यस नियमावलीमा अन्यत्र उल्लेख भएको काम कर्तव्यको अतिरिक्त इजलास अधिकृत वा इजलास सहायकको काम र कर्तव्य देहायबमोजिम हुनेछन्‌ -

(क) इजलासमा पेस हुने मुद्दाका मिसिल वा निवेदन जिम्मा लिई मुद्दा सुनाउने,

(ख) फैसला भएका र फैसला सुनाउन तारिख तोकिएका मुद्दाका मिसिल आफ्नो जिम्मामा राखे,

(ग) सुनुवाई भएका मुद्दाको फैसला वा आदेश तयार गर्ने कार्यमा न्यायाधीशलाई सहयोग गर्ने,

(घ) रायकिताब जिम्मा लिने,

(ङ) पेशी चढेका मुद्दाको कारवाहीको स्थिति तत्कालै सफ्टवेयरमा जनाउने,

(च) फैसला वा आदेश तयार भएपछि फैसला अपलोड गरी मिसिल सम्बन्धित फाँटमा बुझाउने,

(छ) इजलास व्यवस्थापन गर्न न्यायाधीशलाई अन्य आवश्यक सहयोग गर्ने ।